मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको जनाईएको छ ।hillary-clinton-foreign-policy-immigration-incoherence

अमेरिकी मिडिया रिपोर्टका अनुसार डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार क्निटनको चुनाव अभियानसँग सम्बन्धित जानकारीहरु हृयाक गरिएको हो । रिपोर्टमा यसलाईलाई डेमोक्रेटिक पार्टी विरुद्धको ठुलो साइबर हमला बताइएको बीबीसीले जनाएको छ । डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटिसँग सम्बन्धित दुई जानकारी हृयाक गरिएको हो ।

अमेरिकी अधिकारीका अनुसार हमलाको पछाडि रुसी सरकारको लागि काम गर्ने एजेन्टको हात रहेको छ । रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका व्यक्त गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि, रुस सरकारले भने साइबर आक्रमणमा आफ्नो कुनै हात नरहेको जनाएको छ । अमेरिकाको यस्तो आरोपलाई उसले ‘द्वेष भरिएको रुस विरोधी’ भनाइ भन्दै निन्दा गरेको छ । ह्याकिङबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया