Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । APF-logo-Final

परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् । स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो । पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक आवश्यक थियो । तर, ९१ डिएसपी ५० प्रतिशत कटाउन असफल भएको आजको राजधानी दैनिकमा खबर छ ।

स्टाफ कलेजको नियमअनुसार पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुनेहरू तालिममा भाग लिन पाउँदैनन् । उनीहरूले फेरि अर्काे वर्ष परीक्षा दिनुपर्ने हुन्छ । गत वर्ष सयमध्ये १२ जना उत्तीर्ण भएका थिए । यस वर्ष गत वर्षभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । सशस्त्रमा स्टाफ कलेज तालिम उत्तीर्ण नगरे एसएसपी भन्दा माथिल्लो पदमा बढुवा हुँदैन । तर, पहिलो सेमेस्टरमै धेरै उत्तीर्ण हुन नसकेपछि सशस्त्रमा स्टाफ कलेजले धेरै डिएसपीको करिअर सङ्कटमा पारेको छ ।

लगातार तीनपटक पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुने सशस्त्र प्रहरीले सो तालिममा भाग लिन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया