Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धन सरकारमा जानबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदारलाई रोक्न संघीय समाजवादी फोर नेपालका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएको आजको नागरिक दैनिकमा खबर छ । Bijay-upendra

फोरम लोकतान्त्रिकलाई रोक्न संयुक्त लोकतान्त्तिक मधेसी मोर्चाको मुख्य घटकका अध्यक्ष यादव लागेपछि त्यसको छिनोफाने गर्न बैठक समेत बोलाएका छन् । ‘सरकारमा जाने नाजानेबारे औपचारिक रुपमा कुनै निर्णय भएको छैन तर त्यसबारे निक्र्योल गर्न बैठक बोलाउन माग गरेको छ,’ लोकतान्त्रिकका वरिष्ठ नेता जितेन्द्र देवले भन्नुभयो ।

गच्छदारलाई रोक्न यादवले जोडबल गरेको बारे देवले कुनै टिप्पणी गर्न चाहानुभएन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका गच्छदारले बदलिँदो राजनीतिक परिस्थितीलाई ध्यान दिँदै प्रधानमन्त्रीले राजिनामा दिनु अघिल्लो दिन सममर्थन फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया