Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अख्तियारको टंगालस्थित कार्यालय अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आईओएमका विद्यार्थीहरुसमेत सहभागी छन् ।

young

अख्तियारले मेडिकल शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको र मेडिकल शिक्षा क्षेत्रको विकृति अन्त्यको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई पालग भनेको विरोधमा युवाहरुले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरु बाजागाजासहित उपस्थित छन् ।

प्रदर्शनकारीहरु डा. गोविन्द केसी अनशनस्थल शिक्षण अस्पतालबार्ट यालीसहित टंगाल पुगेका हुन् । मेडिकल क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भन्दै डा. केसीले अख्तियार प्रमुख कार्की्विरुद्ध महाअभियोग लगाउनुपर्ने माग राख्ुनभएको छ । डा. केसीले १६ औं दिनमा आज अनशन तोड्दैछन् ।

तपाईको प्रतिक्रिया