Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

paryatak

पोखरा – अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रामा गएकी रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु मृत अवस्थामा फेला परेकी छन् ।

उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि घान्दु्रुक प्रहरी चौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिनुभयो ।

गत शुक्रबार केही दिनयता उनी हराएको भन्ने सूचना कार्यालयमा प्राप्त भएको जानकारी गराउँदै उहाँले उनी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको छुम्रुङबाट गत १६ जुलाईमा ९साउन १ गते० स्याउली बजारलाई लक्षित गरी हिँडेको पाइएको बताउनुभयो । कुइँकेलका अनुसार मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया