Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गर्नुभएको छ । शीतल निवास स्रोतका अनुसार संसदमा समबोधन अघि नै उहाँले राजीनामा पेश गर्नुभएको हो । प्रधानमन्त्री ओली निकट स्रोतले बताए अनुसार संसदमा चलिरहेको सम्बोधनको अत्यमा उहाँले राजीनामा घोषणा गर्नुहुनेछ । प्रधानमन्त्री ओलीको टिमका सदस्यले भने,‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’

kp oli

केही घण्टाअघि बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो।

उहाँ गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी हुनुभएको थियो । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याइ मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएको थियो।
तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल ओली सरकारमा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया