Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – अनसनरत डा. गोविन्द केसीले उठाएका माग पूरा गर्न दबाब दिँदा पक्राउ परेका डाक्टरहरुले प्रहरी हिरासतभित्रै अनसन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि धर्नामा बसेकामध्ये ९ जना डाक्टर र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

शान्तिपूर्ण धर्नामा बसेको बेला प्रहरीले दमन गरेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि हिरासतभित्रै अनसनमा बसेको डाक्टर जीवन क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेकालाई बिनाशर्त रिहाइको माग गर्दै नेपाल पुलिस क्लब बाहिर सयौं डाक्टर तथा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया