Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभई संविधानमा रहेको विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय समस्याका रुपमा रहेको मधेसका विषयलाई लिएर आफूहरुले निरन्तर रुपमा आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सी चाहिँ छाड्नु नपर्ने कस्तो संविधान निर्माण भएको भनी प्रश्न गर्दै नेता शुक्लले आफूहरुले उहाँको विपक्षमा मतदान गर्ने बताउनुभयो । सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले ३४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा होइन भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)ले सङ्घीयता, गणतन्त्र र धर्म्निरपेक्षताका लागि निकै ठूलो योगदान दिएकाले उसको पहलमा मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काँग्रेसलाई समेत विश्वासमा लिएर मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका पक्षमा आफूहरु रहने उहाँले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विदेशीले नेपालमाथि हस्तक्षेप र प्रभुत्व जमाउने उद्देश्यका साथ नेपाली नेतालाई अल्मल्याउन मात्र अविश्वासको प्रस्ताव ल्याउन लगाएको आरोप लगाउनुभयो ।

नेकपा (संयुक्त)का जयदेव जोशीले प्रधानमन्त्रीबाट भएको हलुका आवश्वासन र सामाजिक सद्भाव कायम गर्ने मामिलामा देखिएको अवरोध तथा भूकम्पपछिको पुनःनिर्माणमा देखिएको राजनीतीकरणले अविश्वासको प्रस्ताव ल्याउने वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभयो । बैठक जारी छ ।

तपाईको प्रतिक्रिया