Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक बजेटका आधारमा सरकारले संसदमा पेश भएको आर्थिक विधेयकमाथि आजको बैठकमा छलफलका लागि पेश भएको छ ।

सभामुख ओनसरी घर्तीले उक्त विधेयकमाथि सत्तारुढ दल नेमकिपाका सांसद प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले राखेको संशोधन प्रस्तावमाथि छलफलका लागि बोल्न समय दिनुभयो । अन्य सांसदहरूले अहिले बोलिरहेका छन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले सरकारले सदनमा पेश गरेको आर्थिक विधेयकको छलफलमा भाग लिदै ५ खर्व ६५ राजस्व संकलनको अनुमान सरकारले गरेको अनुमान वास्तविकतामा आधारित नभएको जिकिर गर्नुभयो ।

महतले अहिले आर्थिक ऐन २०१२ को सामूहिक कर असुली ऐनका आधारमा कर असुली कार्य सुरु भइसहेको कारण अहिले आर्थिक विधेयक तथा ऋण उठाउने विधेयक अस्वीकृत भएमा कुनै असर नपर्ने यसमा आउने सरकारले नयाँ आर्थिक ल्याउनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया