Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

आहायो – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो सम्पूर्ण ध्यान अमेरिकालाई सुरक्षित बनाउनेमा केन्द्रित रहने बताउनुभएको छ ।
ओहायोमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अमेरिकाबाट अपराध र हिंसा अन्त्य गरिने अठोट पनि व्यक्त गर्नुभयो ।

trump

पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि गरिएको मनोनयन स्वीकार्दै ट्रम्पले कानून व्यवस्थाको पूर्ण पालना बिना कुनै देशले पनि सम्मृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । उहाँले गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीविरुद्ध कडा कदम चालिने चेतावनीसमेत दिनुभयो ।

आफ्ना डेमोक्रेट प्रत्याशी हिलारी क्लिन्टनलाई भ्रष्टको संज्ञा दिँदै ट्रम्पले इराक, लिबिया, इजिप्ट र सिरियामा सत्ता परिवर्तन गर्न डेमोक्रेट प्रशासनले खेलेको भूमिकाको कटू आलोचना गर्नुभयो । उहाँले इस्लामिक स्टेटलाई सखाप बनाउने अभियानमा सघाउने सबै मुलुकसँग आफूले राम्रो सम्बन्ध राख्ने पनि प्रष्ट पार्नुभयो । –एजेन्सी

तपाईको प्रतिक्रिया