Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – संसद बैठक सुचारु गर्नेबारे सभामुख ओनसरी घर्ती र तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छलफलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी छन् भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने छलफलमा सहभागी हुनुभएको छैन् ।

उहाँले आफ्नो तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाउनुभएको छ । एमालेका अरु केही नेता भने छलफलमा सहभागी छन्।  यसअघि दिउँसो १ बजे प्रधानमन्त्रीसहित सभामुखले तीन दलका नेतासँग छलफल गर्ने भनिए पनि ओलीले आफू मन्त्रिपरिषद् बैठकमा व्यस्त भएकाले आउन नसक्ने बताउनुभएको थियो ।

दिउँसो दुई बजेका लागि बोलाइएको संसद बैठक कार्यसूचीमा दलहरुबीच सहमति नभएपछि अहिलेसम्म सुरु हुन सकेको छैन।

तपाईको प्रतिक्रिया