Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

सिरिया – अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।

rrrr

अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो । एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ ।

गत मंगलबार मानबिजमा हवाई आक्रमणका क्रममा कम्तिमा ५६ जना सर्वसाधारणको मृत्यु भएपछि एसडिएफले आइएसलाई त्यो ठाउँ छोड्न अल्टिमेटम दिएको हो ।  हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि छन् ।

सर्वसाधारण नागरिकको सुरक्षा र भौतिक सम्पत्तिको नोक्सानी रोक्नका लागि यस्तो आग्रह गरिएको एसडिएफले जनाएको छ । ४८ घण्टाभित्र आइएसका लडाकुले मानबिज छोडे उनीहरुलाई केही नगरिने एसडिएफले जनाएको छ ।

आइएसले मानबिजमा नागरिकलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरेकाले एसडिएफको भनाई छ । – एजेन्सी

 

तपाईको प्रतिक्रिया