Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

झापा – तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् ।बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस्थापित बनेका सबै परिवारलाई राजगढ–१ को अमृत निम्न माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उता, बिरिङ नदीकै बाढीले घेराबारी–३ मा तीनओटा घर भत्काएको छ । यस्तै, झापाको घेराबारी–४ स्थित भन्सार टोलमा बिरिङ नदी र अन्दुवा खोला पस्दा १२ घर डुबानमा परेका छन् ।

त्यस्तै, घेराबारी–५, पिन्डलबारीमा विरिङ खोलाका कारण १३ घर डुबानमा परेका छन् । यस्तै, चकचकी–४ मा नालाको पानी पस्दा ५ घर डुबानमा परेका छन् । त्यस्तै, राजगढ–२, डिल्लीबारी टोलामा बाढीका कारण दुई घर–परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया