Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो  दुई बजेसम्मका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रति विधेयकमा छलफल चलाउने भन्नेमा विवाद थियो ।

यही विवादका कारण आज बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो ।
त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गर्न’भएको थियो ।

तर, सहमति नजुटेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया