Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न गठिन समिति र डा. केसीका प्रतनिधिबीच आज ३ बजे स्वास्थ्य मन्त्रालयमा वार्ता हुने भएको छ ।

हिजोको मन्त्रिपरिषद्को बैठकद्वारा गठिन सरकारी वार्ता टोलीको नेतृत्व स्वास्थ्य सचिव शेनेन्द्रराज उप्रेतीले गर्नुभएको छ ।
सरकारी वार्ता टोलीमा शिक्षा मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् । डा. केसी अनशनरत शिक्षण अस्पताल पुगेर सरकारी वार्ता टोलीका संयोजक उप्रेतीले केसीसँग छलफल गर्नुभएको थियो ।

डा. केसीको तर्फबाट जीवन क्षत्री, रञ्जन सापकोटा, अञ्जनी झा, लिजा महर्जन, सुमन आचार्य र स्नेहबन्धु रेग्मी वार्तामा सहभागी हुनेछन् । डा. केसीका सहयोगी क्षत्रीले पहिलो चरणको वार्ता स्वास्थ्य मन्त्रालयमा हुने बताउनुभयो ।

चिकित्सा क्षेत्र सुधारको लागि विभिन्न मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदले महाअभियोग लगाउनुपर्ने माग गर्दै डा. केसी अनशन बसेको आज १२ दिन पुगेको छ ।

एकै प्रकृतिको माग राखी उनी अनशन बसेको यो आठौं पटक हो । डा. केसीसँग वार्ता गर्न हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता टोली बनाएको थियो ।

तपाईको प्रतिक्रिया