Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – संसद बैठकको कार्यसूची तय गर्ने विषयमा सभामुख ओनसरी घर्ती मगरले अहिले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरिरहनु भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार बिहान भएको छलफलमा संसद बैठकको कार्यसूचिमा सहमति जुट्न नसकेपछि उहाँले अहिले दलका शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।

Onsari Gharti

दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको संसद बैठक शीर्ष नेतासँगको छलफल लम्बिएका कारण अझै सुरु हुन सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठकको कार्यसूचिको विषयमा दलहरुबिचको अडान कायमै रहेपछि सहमतिको लागि भन्दै बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको थियो ।

अहिलेको शीर्ष नेतासँगको छलफल सकिएपछि संसद बैठक बस्ने संसद सचिवालयले जनाएको छ । पहिले बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा छन् ।

बिहीबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि मात्र बजेट प्रस्तावमा छलफल गर्ने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । एमालेले भने बजेट आश्रित विधेयकमाथि छलफल नगरी प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल थालेमा संसद बैठक नै अवरुद्ध गर्ने तयारी गरेको

तपाईको प्रतिक्रिया