Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

खोटाङ – लगातारको वर्षा र बाक्लो हुस्सुका कारण खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध भएको छ । गएको असार २९ गतेबाट उडान अवरुद्ध भएको हो । असार २९ गते नेपाल एयरलाइन्सको विमानले उडान भरेको विमानस्थलमा वर्षा र हुस्सुका कारण त्यसपछि कुनैपनि उडान हुन सकेको छैन ।

सदरमुकाम दिक्तेल नजिक रहेको विमानस्थलमा उडान अवरुद्ध भएपछि जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । विमानस्थलमा उडान नभएपछि बिरामीलाई स्ट्रेचरमा बोकेर गाडी चढाउन कष्टका साथ हलेसीसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले बताएका छन् ।

पछिल्लो समय मौसममा आएको खराबीका कारण विमानस्थलमा उडान नहुँदा आफूहरुलाई समेत समस्या भएको विमानस्थल प्रमुख यादवसेन राईले बताउनुभयो । गएको वर्ष मात्रै कालोपत्रे गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएको थियो ।

नेपाल एयरलाइन्सको विमानले शुक्रबार, शनिबार, आइतबार र बुधबार काठमाडौंं–खानीडाँडा–काठमाडौं र मङ्गलबार र शुक्रबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि उडान भर्दै आएको थियो । जिल्लामा खानीडाँडाका साथै लामीडाँडा र थामखर्क विमानस्थल छन् । यीमध्ये दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थ गएको असारबाटै अवरुद्ध छ । उत्तरी क्षेत्रमा पर्ने लामीडाँडामा समेत निमित उडान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया