Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सत्तारुढ नेकपा एमालेका सांसद्हरुले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक जतिसक्दो चाँडो पारित हुने वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

भरतमोहन अधिकारी, राजेन्द्र पाण्डे लगायतका एमालेका सांसद्हरुले विहिवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्वाधार तयार गरिसकेपछि त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धन नदिएका कारण मनमोहनको नाममा प्रतिष्ठान बनाउन लागेको भन्दै प्रतिष्ठान सम्बन्धी विधेयक तत्काल पारित हुने बातावरण बनाउन माग गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले गत पुस ८ गते संसदमा पेश गरेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक अहिले व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा छलफलको क्रममा छ ।

१२ दिनदेखि आमरण अनसन बसिरहेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीले विधेयक कुनै हालतमा पास गर्न नहुने माग राखेका छन्।

एमालेका सांसद्हरुले एउटा व्यक्तिले माग राखेका आधारमा कानून अनुसार गरेको अर्बौं रुपैयाँको लगानी जोखिममा पार्न नमिल्ने भन्दै विधेयक चाँडो पारित गरिनुपर्ने लगायतका ८ बुँदे मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले अनसनरत डा. केसीका माग सम्बोधनका विषयमा वार्ता गर्न बुधबार बेलुकी तीन सदस्यीय समिति गठन गरेपछि एमालेका सांसद् र नेताहरु ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

राजेन्द्र पाण्डे लगायतका एमालेका सांसद् र नेताहरुले मनमोहन अधिकारीका नाममा काठमाडौको स्वयम्भुमा शिक्षण अस्पताल संचालन गर्न २ हजार ४ सय ३५ जनाबाट जनही एक लाख रुपैयाँ उठाएर बैंकबाट ऋण समेत लिइ करिब ४ अर्ब रुपैयाँ पूर्वाधारमा खर्च गरिसकेका छन्।

तपाईको प्रतिक्रिया