Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने बताउनु भएको छ ।

बुधबार रिपोर्टर्स क्लबमा भएको कुराकानीमा सचिव भट्टराईले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन ।’ उहाँले संसदीय व्यवस्थामा बहुमत पुर्‍याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गर्नुभयो ।

Yogesh_Bhattari-650x420

नियमित संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने उहाँको दाबी छ । ‘नियमित संसद चलिरहेको बेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुँग्याएसम्म अर्को विषयमा जानै सकिँदैन’ उहाँले भन्नुभयो । उहाँले विधेयक पारित गर्ने गाडी क्युमा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गर्नुभयो ।

‘विधेयक टुंगो लागिसकेपछि, हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्छ ।’ उहाँले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पार्नु भयो ।

भट्टराईले सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै भन्नुभयो, ‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुबिच उत्पन्न द्धन्द्धलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, व्यवस्थापकीय संसदलाई दलहरुबिचको द्धन्द्धको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’ यद्धपी उहाँले सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभयो ।

भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गर्नुभयो । ‘सरकार परिवर्तनको जुन खेल भैरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन ।’ मुलुकमा यतिबेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकता रहेको उल्लेख गर्दै प्रमुख दलहरुबिच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया