Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

तनहुँ – तनहुँको जामुने र घाँसीकुवामा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

बुधवार दिउँसो पौने २ बजे जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेको ग १ च ४३२५ नम्बरको पिक अप भ्यान ठोक्किँदा पिकअप भ्यान चालक देउबहादुर थापा र त्यसमा सवार ५३ वर्षीया मना थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

चालक थापाको घटनास्थलमै र महिलाको उपचारका लागि पोखरा लैजाँदै गर्दा मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन्। उता घाँसीकुवा नजिकै बस र ट्रक ठोक्किदा थप एकको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र विपरित दिशाबाट आएको ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किँदा बस चालक २७ वर्षीय दीपक नहर्कीको मृत्यु भएको गुरूङले बताउनुभयो ।

बसमा सवार २२ जना यात्री घाइते भएका छन् । यसअघि बुधवार बिहान पोखराबाट वीरगञ्ज जाँदै गरेको बस सडक छेउमा पल्टिँदा ११ यात्रु घाइते भएका थिए।

तपाईको प्रतिक्रिया