Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौ – नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावका विषयमा अहिले छलफल सुरु भएको छ ।

नेकाँ संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु सो बैठकमा वर्तमान सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित गर्ने साझा रणनीतिका विषयमा छलफल हुने बुझिएको हो ।
सो छलफलमा नेकाँका सभापति एवम् प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता रहेको छ ।

माओवादी केन्द्रले नेकाँसँग मिलेर असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो प्रस्तावमाथि भोलि सदनमा छलफल सुरु हुँदैछ । रासस

तपाईको प्रतिक्रिया