Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

बेल्जियम – म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यसमिति बेल्जियम ले संस्थाको विभिन्न विषयमा छलफलका साथमा बिबिक्यू कार्यक्रम सम्पन्न गरेको छ । कार्याक्रममा म्याग्दी प्रवासी नेपाली सङ्घ अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष योगेन्द्र क्षेत्री, मोना पोर्चुगल का अध्यक्ष धन बहादुर मल्ल लगाएत यूरोपका विभिन्न मुलुकबाट आउनु भएका मोना राष्ट्रिय तथा कार्यसमिती सदस्यका साथमा यूरोपबासी म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोना बेल्जियमको अहिले सम्मको प्रगति, जिल्लाको निःशुल्क वाईफाइ अभियान, इलाईबेरी, इमेडिसिन तथा मोना इन्भेष्टमेन्ट कम्पनीको बारेमा समेत छलफल भएको थियो । आगन्तुक अतिथिहरुलाई मोना आइसीका महासचिव घनश्याम शाही, मोना बेल्जियमका अध्यक्ष चन्द्र कार्की, मोना बेल्जियमका सल्लाहाकार द्धय चन्द्र शर्मा र लोक राना लगायत बेल्जियम बासी म्याग्देलीहरुले स्वागत गर्नुभएको थियो ।

यसैबिच जिल्लाको निःशुल्क वाईफाइ अभियान सहयोगार्थ आयोजित मोना राष्ट्रिय कार्यसमिति नेदरल्याण्डले बृहत् सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको छ ।
मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष योगेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथि मोना अन्तर्राष्ट्रिय कार्यसमितिका महासचिव धनस्याम शाही, गैर आवासीय नेपाली सङ्घ नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ्गले आसन ग्रहण गर्नु भएको थियो ।

गत मार्चमा सम्पन्न अधिवेशनबाट निर्बा्चित मोना नेदरल्याण्डका नव नियुक्त कार्यसमितिलाई आइसीको तर्फबाट अध्यक्षयले खादा लगाई स्वागत गरी मोना नेदरल्याण्डका सल्लाहाकार टिका सापकोटाको स्वागत मन्तव्य को साथमा सुरु भएको कार्यक्रममा बोल्ने बक्त्ताहरुहरु जिल्लाको समृद्धिको लागि सहकार्य र एकताको विकल्प नरहेको प्रस्ट पार्नु भएको थियो ।

कार्यक्रममा बेलाएतको धौलागिरी नौमति बाजा मुख्य आकर्षण रहेको थियो भने लोक दोहोरी गायिका सुमी घिमिरे, लोक गायक तुल चन्द्र तिलिजा का साथमा ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्री, मोना आइसी महासचिव घनश्याम शाही, गैर आवासीय नेपाली सङ्घ नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ्ग, मोना आइसीका प्रबक्त्ता योग कुमार फगामी र मोना जर्मनीका संस्थापक अध्यक्ष मानकाजी नेपाली ले आफ्नो बिचार राख्दै म्याग्देलीहरु एकजुट भई जन्मभुमिको विकासमा तल्लिन भएको देखी अन्य जिल्लाका प्रवासीहरुले पनि प्रवासमा सामाजिक संस्था गठन गरेको हुँदा अब म्याग्दी प्रवासी नेपाली सङ्घ उदाहरणिय बन्नु पर्ने समय आएको बताउनु भएको थियो । कार्यक्रम को सभाअध्यक्ष मोना राष्ट्रिय कार्यसमिति नेदरल्याण्ड का अध्यक्ष जङ्ग बहादुर पुन ले गर्नुभएको थियो भने सञ्चालन मिम पुर्जाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया