Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भक्तपुर – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटन गर्न आफूले दिएको सुझाव नमान्दा अहिलेको समस्या आएको बताउनुभएको छ ।

भक्तपुरका च्यामासिंह स्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी संघ र भक्तपुर इट्टा व्यवसायी संघको संयुक्त भवनको बुधबार शिलान्यास गर्दैै उहाँले अहिलेको अवस्था आउने देखेर आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न सुझाव दिएको खुलासा गर्दै भन्नुभयो ‘देशमा यस्तो संकट आउने देखेर मैले प्रधानमन्त्रीलाई देश जोगाउन कै लागि भएपनि संसद विघटनको निर्णय लिनुस् भनेको थिएँ ।’

bi

पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री नपाएकै झोकमा नेपाली काँग्रेससँग गठबन्धन गरेर वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल सहभागी रहेको सरकारले के गर्न सकेन, प्रधानमन्त्रीले के गर्न नसक्दा सरकार छाड्नु पर्‍यो भनेर भनेर प्रष्ट पार्नु पर्थ्यो ।’

अविश्वास प्रस्तावपछि नयाँ सरकार गठन गर्ने व्यवस्था संविधानमा नभएको बताउँदै नेमकिपाका अध्यक्ष बिजुक्छेले कानूनी ढंगले अगाडि बढ्दा नयाँ सरकार गठन हुन ३–४ महिना लाग्ने बताउनुभयो ।

बिजुक्छेले भन्नुभयो ‘नयाँ सरकार गठन गर्ने बारेमा संविधानमा स्पष्ट व्यवस्था छैन, यसले जटिलता निम्त्याउँछ, ऐन, कानुन तथा संविधान संशोधन नगरी नयाँ सरकार गठन गर्न नसकिने अवस्थामा राष्ट्रपतिले कानूनी परामर्श लिएर इमरजेन्सी लगाउन सक्नुहुन्छ ।’

सरकारमा सहभागी दलले नै कार्यसूचीमा चढिसकेको बजेट विधेयकलाई पारित नगरी अविश्वास प्रस्ताव तर्फ पेश गर्नु दुर्भाग्य भएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया