Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भद्रपुर – नेपालको पूर्वी क्षेत्रमा मनसुनको सक्रियतासँगै बाढीको जोखिम बढेको छ । ठूला नदी र खहरे खोलामा आउने बाढीका कारण जिल्लाको छ वटा नगरपालिकासहित २२ वटा गाविस उच्च जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

जिल्लामा आठवटा ठूला नदी मावा, रतुवा, कन्काई, विरिङ, निन्दालगायतले ३३ वटा गाविसमध्ये २२ वटा गाविसका अधिकांश भू–भागलाई डुबानमा पार्ने गरेको छ । सभापति ढकालका अनुसार पाँचगाछी, महाभारा, घेराबारी, राजगढ, शरणमति, कुमरखोद, डाँगीबारीलगायत २२ वटा गाविसमा डुबान सँगसँगै कटानको समस्या पनि छन् ।

यस्तै, मावाले दमक, कन्काईले शिवसत्ताक्षी, विरिङले कन्काई र शनिअर्जुन, मेची नदीले मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका हजारौँ स्थानीयको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । नदीमा आउने बाढीले विगतदेखि नै हजारौँ बिगाहा खेतलाई कटान गरी बगरमा परिणत गर्दै आएको छ भने नदीलाई नियन्त्रण गर्न खासै ठूला काम नभएको र बर्से्नि जोखिम बढ्दै गएको सभापति ढकालको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढीबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्न र जोखिममा रहेका गाउँ तथा बस्तीका मानिसलाई सर्तक रहन तथा सचेत गराउन गएको असार ३१ गते कन्काई माइधार नजिकैका सुकुम्बासी टोललाई लक्षित गरी बाढीबाट जोगिन कृतिम अभ्यासको कार्यक्रम सम्पन्न गरेको छ ।

लगभग ९० घरका बस्ती रहेको सो गाउँका मानिस बाढीको जोखिम परेको र उनीहरुलाई तत्काल उद्धार एवम् राहतको कार्यक्रमलाई कसरी प्रभावकारी एवम् व्यवस्थित बनाउन सकिन्छ कृतिम अभ्यासबाट देखाइएको थियो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वास्थ्य कार्यालयले तत्काल गर्नुपर्ने कार्य र दायित्वको झलक देखाइएको थियो ।

तपाईको प्रतिक्रिया