Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

अमेरिका – अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीले औपचारिक रुपमा डोनाल्ड ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ ।

trump

ओहायोमा भइरहेको रिपब्लिकन पाटीको राष्ट्रिय सम्मेलनले ट्रम्पलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । यस्तै इन्डियाना राज्यका गर्भनर माइक पेन्स रिपब्लिकनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ ।

नोभेम्बरमा हुने चुवानमा डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन ट्रम्पबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्र्या्टिक पार्टीले यसअघि नै क्लिन्टनलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा गरिसकेको छ । – एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया