Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै डेढ घण्टा छलफल गर्नुभएको छ । व्यवस्थापिका संसदमा भोलि अर्थात साउन ६ को कार्यसूचिलाई लिएर दलहरुबीच बिबाद भएपछि सहमतिको लागि सभामुख घर्तीले पहल थाल्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँगको छलफलका क्रममा उहाँले संसद्मा भैरहेका गतिविधि र पछिल्लो समय सहमतिको लागि गरेको प्रयासबारे जानकारी गराएको घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।

जवाफमा राष्ट्रपति भण्डारीले सहमतिको लागि प्रयास गरिरहेकोमा सभामुखलाई धन्यवाद दिनुभएको थियो । यसअघि घर्तीले बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया