Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

सिन्धुपाल्चोक – गत असार २१ गते मंगलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसे लगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ ।

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हँुदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको छ । हालसम्मको बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको हो । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् । बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । bhotekoshi-2

बाढीका कारण अरनिको राजमार्ग अन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ । गाति गाविसकोे जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताउनुभयो ।

तातोपानी लगायतका विभिन्न स्थानबाट सम्पर्क्विहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १ सय ८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् ।

बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । असार साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया