Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे खण्डका विभिन्न स्थानमा आएको पहिरोले सडक यातायात पटकपटक अवरुद्ध भएको छ ।
वर्षा सुरु भएपछि आउन सुरु गरेको पहिरोका कारण लोकमार्गको यातायात व्यवस्था पटकपटक प्रभावित हुने गरेको छ ।
आज बिहान जोगिमारा गाविस र चितवनको दारेचोकस्थित सीमाक्षेत्रमा पहिरो जाँदा पाँचवटा सवारी साधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । सडक माथिबाट पहिरो झरेर ना५ख ४११३ र लु१ख ८६१४ नंको ट्रक पूर्णरुपमा क्षति भएको छ भने एउटा ट्रक सामान्य क्षति भएको छ । यस्तै ४११३ नंका चालक नवलपरासी निवासी २४ वर्षीय मोहन चौधरी घाइते भएपछि उपचारार्थ मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । सडकमा ठूलो ढुङ्गा खसेकाले सडक दुई घन्टा अवरुद्ध भएको थियो ।
यसैगरी, जोगिमारा गाविसमा पर्ने सडक क्षेत्रमा धेरै स्थानमा पहिरो आएकाले बेलाबेला राजमार्ग अवरुद्ध हुने गरेको छ । यातायात खुलाउन प्रहरी र उद्धार टोलीसमेत तयारी अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्लाको क्षेत्रमा रहेको दारेचोक गाविस क्षेत्रमा समेत ठाउँठाउँमा पहिराले पटक–पटक राजमार्ग अवरुद्ध भइरहेकाले होसियारी अपनाउन चालकलाई समेत जानकारी दिने गरेको इप्रका मुग्लिनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया