Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोली मंगलबार बिहान बस्ने भएको छ । बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक स्थितिका बारेमा छलफल हुने छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गराइसकेका छन् ।

Nepali-congress-750

कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्ने सहमति यसअघि नै गरिसकेको थियो । त्यो सहमतिमा बारेमा पनि केन्द्रीय कार्य समिति बैठकमा छलफल हुने छ ।

तपाईको प्रतिक्रिया