Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले पोलिट्ब्युरो सदस्यहरु छान्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सुम्पिएको छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयको सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले ६० जना पोलिट्ब्युरो सदस्य छान्ने जिम्मेवारी अध्यक्ष दाहाललाई सुम्पिएको हो ।

parcahnda

माओवादी केन्द्रमा २ सय ५५ सदस्यीय पोलिट्ब्युरो कमिटिमा ७७ वटा पद रिक्त छन् । ७७ मध्ये ६० जना विभिन्न प्रदेश, विभाग र मोर्चाबाट छान्ने जिम्मा अध्यक्ष दाहाललाई दिइएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले सचिवालय र केन्द्रीय कार्यालयमा रिक्त पदपूर्तिका लागि अपरान्ह पुनः बैठक बोलाएको छ । सचिवालयमा १८ तथा केन्द्रीय कार्यालयमा १० वटा पद रिक्त छन्।

तपाईको प्रतिक्रिया