Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भारत – भारत प्रशासित कश्मीरमा हिजबुल मुजाहीदीनका पृथकतावादी कमाण्डर बुरहान वानी सेनासँगको मूठभेडमा मारिएपछि चर्किएको तनाब अझै सामान्य हुन सकेको छैन् ।
राज्यका १० जिल्लामा अझै कफर्यू कायमै छ भने सञ्चारमाध्यम, इन्टरनेट र मोबाइल सेवामा रोक लगाइएको छ ।

हिंस्रक प्रदर्शनलाई ध्यान दिदै राज्यभरका शैक्षिक संस्था आगामी जुलाई २४ सम्म बन्द गरिएको छ ।गत हप्तादेखि चर्किएको प्रदर्शन अझै विभिन्न शहरमा जारी छ भने झडप पनि रोकिएको छैन । प्रदर्शन हिंसात्मक हुँदा ३४ जनाको मृत्यु भैसकेको छ ।

१९ सय सर्वसाधरण र २ हजारको संख्यामा सुरक्षाकर्मी घाईते भएको स्थानीय प्रशासनले जनाएको छ । केन्द्र सरकारले राज्यमा थप सुरक्षा बल पठाएको छ । स्थानीय हुर्रियत कन्फ्रेन्सले आह्वान गरेको बन्द आज तेस्रो दिन पनि कायमै छ ।

तपाईको प्रतिक्रिया