Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले शिक्षा विभागको सहकार्यमा यस वर्ष पनि शिक्षासम्बन्धी पुरस्कारका लागि आगामी साउन ८ गतेसम्ममा आवेदन दिन आह्वान गरेको छ ।

सो क्रममा रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र काठमाडौँ उपत्यकालाई एक क्षेत्र मानी पाँच विकास क्षेत्रसहित एक-एक जनाका दरले रु २५ हजार राशिको छ क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ ।

यसैगरी प्रत्येक विकास क्षेत्रबाटै दुई-दुई जनाका दरले १२ जनालाई जनही रु १५ हजारका दरले शैक्षिक लेखनवृत्ति प्रदान गरिनेछ भने टेलिभिजनमध्येबाट एक टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिकलाई रु ४० हजारका दरले संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने छ । पाँच विकास क्षेत्र र उपत्यकाको एक क्षेत्र गरी छ वटा एफएम रेडियोलाई पनि रु २० हजारका दरले संस्थागत पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुने पत्रकारले शिक्षा पत्रकारितामा पुर्याएको योगदानसहितको व्यक्तिगत विवरण र गत सालका कुनै पनि सञ्चारमाध्यममा प्रकाशित-प्रसारित तीन सामग्री पेस गर्नुपर्नेछ ।

त्यस्तै क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार र लेखनवृत्तिका लागि शिक्षा पत्रकारितामा पुर्याएको योगदानसहितको व्यक्तिगत विवरण र गत सालका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित पाँच सामग्रीसहित चाहेको पुरस्कार किटान गरी आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया