Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सिरिया – बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले सिरियामा दुई जना रुसी पाइलटको हत्या गरेको छ । आइएसका लडाकुले सैनिक हेलिकप्टरमा आक्रमण गरी खसालेका हुन् । आइएसका लडाकुले एमआइ २५ हेकप्टरमा बम प्रहार गरेका हुन् ।

siriya

आक्रमणमा परि हेलिकप्टरका रुसी पाइलट रिएफागट खाबिबुलिन र येभ्गेन्य डोल्गिनको ज्यान गएको रुसी सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आइएस विरुद्धको कारबाहीमा घटिएको हेलिकप्टरमाथि आइएसका लडाकुले ऐतिहासिक शहर पालमायरको पूर्वी क्षेत्रमा आक्रमण गरेका हुन् ।

रुसले सिरियामा गएको सेप्टेम्बरदेखि आइएस विरुद्ध कारबाही अभियान चलाउँदै आएको छ । यस क्रममा अहिलेसम्म कम्तिमा १२ जना रुसी सैनिक मारिएका छन् ।

तपाईको प्रतिक्रिया