Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सुशीला कार्की प्रधानन्यायाधीश बन्ने निश्चित भएको छ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेसँगै उहाँ प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला भएको हो । समितिको सिफारिसपछि उहाँलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक ब्यवस्था छ ।

k|wfg GofofwLzsf] ;'g'jfO ;+;bLo ;'g'jfO ljz]if ;ldltsf ;efklt s"naxfb'/ u'?ªsf] cWoIftfdf cfOtaf/ a;]sf] a}7sdf ;ldltsf ;b:ox?åf/f ;f]lwPsf] k|Zgsf] pQ/ lbFb} k|:tfljt k|wfg GofofwLz z'zLnf sfsL{ . tl:a/ M k|bLk/fh jGt, /f;;

उहाँ अहिले कायममुकाम प्रधानन्यायाधीश हुनुहुन्छ । सुनुवाई समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिदै कार्कीले न्यायालयलाई भ्रष्टाचार मुक्त बनाउन प्रतिबद्ध रहेको बताउँदै आफूमाथि लागेका आरोपको खण्डन गर्नुभयो ।

कार्कीविरुद्ध नाता कायम गराउन डिएनए परीक्षणलाई मान्यता नदिएको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, लगायत १० वटा उजुरी परेका थिए ।

सपना प्रधान मल्ल कार्कीकै पहलमा

आफूमाथिका आरोप खण्डन गर्दै उहाँले न्यायालयमा महिला सहभागिता बढाउनका लागि सपना प्रधान मल्ललाई न्यायाधीशमा सिफारिस गराउन आफूले जोड गरेको स्वीकार्नुभयो ।

आफूले त्यसमा जोड गरेपनि निवर्तमान प्रधानन्याधीश कल्याण श्रेष्ठ र कानून मन्त्री अग्नी खरेललाई बदनाम गर्न खोजिएकोमा कार्कीले आपत्ति पनि जनाउनुभयो । समितिले यसअघि प्रमुख निर्वाचन आयुक्तमा डाक्टर अयोधिप्रसाद यादवको नाम सर्वसम्मतिले स्वीकृत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया