Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

राजविराज –सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर बेपत्ता मलेकपुर गाविसका सचिव प्रदीप कर्णलाई प्रहरीले आज पक्राउ गरेको छ ।

कर्णले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिविस सप्तरीले उनलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो । सचिव कर्ण रु २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी लामो समयदेखि फरार थिए ।

गाविसका वृद्धवृद्धाले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रबार जिविस सप्तरीमा विभिन्न पदाधिकारीसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया