Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले विधिवत रूपमा पार्टी दर्ता गरेको छ ।गत जेठ ३० गते दशरथ रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालले आज दलबलसहित निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा रहेको नयाँ शक्ति नेपालले दिउँसो १२ बजे निर्वाचन आगोयको कार्यालय पुगी दल दर्ता गराएको हो ।

दिउँसो ११–३० मा भृकुटीमण्डपमा भेला भई १२ बजे कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नयाँ शक्ति नेपालका केन्द्रीय कार्यसमिति सदस्य र परिषद् सदस्यहरुले पार्टी दर्ता गराएका हुन् ।

तत्कालिन एमाओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपालको स्थापना गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया