शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – सत्तारुढ दल माओवादी केन्द्रले सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ । Prachand_414332820

कोटेश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैटकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार वा सहमतीय सरकार बनाउने निर्णय गरेको हो । केन्द्रले तत्काल सरकार नछाड्ने जनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगातयका तीन दलका नेताबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको हो ।

सहमतीय सरकार, संक्रमणकालीन न्याय लगायतका विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया