शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

दाङ – दाङ देउखुरीमा धारिलो हतियारले हानेर एक जना महिलाको हत्या भएको छ । देउखुरीको सतवरिया–८ रिहार बस्ने २७ वर्षकी बालिका चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

बुधबार राति धारिलो हतियार प्रहार गरी उनको हत्या भएको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो । रिहारमा किराना पसल गर्दै आएकी चौधरी पसल भएकै घरमा डेरा गरेर बस्नुहुन्थ्यो ।

शव नजिकै धारिलो चक्कु फेला पर्नुका साथै शरिरमा खत समेत देखिएको प्रहरीले बताएको छ । चौधरीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया