शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं  – बिहीबार ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्पगएको छ ।

परकम्पकाे धक्का काठमाडौंमा पनि महशुस भएको थियो । यो गएको वर्ष गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४ सय ६४ वटा परकम्प गएको छ ।

बिहीबार नै २ बजेर ४४ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियाे । यसअघि असार ८ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया