शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – लोक तथा दोहोरी गायक-गायिका सञ्जय गुरुङ र सलिना नेपालीको ’कानैमा झुम्काना’ म्युजिक भिडियो बजारमा आएको छ ।

उक्त म्युजिक भिडियोलाई दर्शक तथा स्रोताहरुद्वारा निकै मन पराईएकोले यसले बजार तताईरहेको गायक गुरुङले समुद्रपारिलाई बताए ।

गायक सञ्जय र गायिका सलिनाको स्वरमा सजिएको ’कानैको झुम्काना’ मा गायक गुरुङ स्वयमको शब्द तथा लय रहेको छ भने निर्देशन बब्बु थापाले गरेका छन् ।

मिलन विकको सम्पादन र प्रकाश धमलाको सहसम्पादनमा तयार गरिएको सो म्युजिक भिडियोमा बब्बु थापा र सलिना नेपालीको मुख्य अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियो उत्पादक तथा वितरक आशिष म्युजिक प्रा. लि. ले हालै बजारमा ल्याएको हो । ’कानैमा झुम्काना’ को छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् ।

गायक सञ्जय र गायिका सलिना केही महिना अगाडि मात्र जापानबाट नेपाल फर्केका हुन् । उनीहरु टोकियो रोधी क्लवका लागि करिव तीन महिना जापान बसेर नेपाल फर्केका थिए । ***

तपाईको प्रतिक्रिया