शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – उपचारका लागि ओम अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ ।

शशांकका भतिजा सिद्धार्थ कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उहाँ खतरामुक्त भएको पनि बताउनुभयो ।

‘उहाँले आफैं अक्सिजन लिन थाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो । हात चलाउने गर्न थाल्नु भएको छ,’ सिद्धार्थले भन्नुभयो ।

भेन्टिलेटरबाट निकालिएसँगै अवस्था खतरामुक्त भएको छ । कोइरालको शरिरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा सामान्य अवस्थामा फकिएको छ ।

फोक्सोमा देखिएको निमोनियाको मात्रा कम भएको छ । औषधिको मात्रा कम गरिएको छ । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको स्वास्थ्य बेलुकादेखि क्रमिक सुधार हुँदै गएको थियो । अहिले उहाँले अरुलाई चिन्न थाल्नुएको छ ।

उपचार संलगन डाक्टर लव जोशीले जानकारी दिनुभयो । त्यस्तै भेन्टिलेटरका न्युनतम सुविधा मात्र प्रयोग गरिएको अस्पतालले जनाएको छ । तर, भेन्टिलेटर पूर्ण रुपमा नहटाएसम्म खतरा मुक्त भने नहुने डाक्टर लव जोशीले जानकारी दिनुभयो ।

अहिलेकै गतिमा सुधार हुँदै गए अबको एक दुई दिनमा कोइरालको स्वास्थ्य सामान्य अवस्थामा फर्किनेछ । ओम अस्पातालले कोइरालको उपाचारका लागि विदेश लैजानु नपर्ने जनाएको छ

तपाईको प्रतिक्रिया