Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरु मानव तस्करीमा तानिएको भन्ने विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

बुधबार बसेको माओवादी पोलिटव्यूरो बैठकले अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा शेरचन, कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल रहनुभएको छ ।

बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डले माओवादी सांसदहरु विवादमा तानिएको र मिडियामा आएको समाचारबारे जानकारी गराएका थिए ।

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले माओवादीका आठ सांसदहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

सांसदहरु राममाया बोगटी, गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना खत्री, सन्तकुमार थारु, रुपा महर्जन, दिलमाया धामी र धना पहरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया