Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – सुनको भाउ बुधबार तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । मंगलबार  तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको १० गते यूरोपियन यूनियन इयुबाट बेलायत छुट्टिने भएपछि एकैदिन तोलाको तीन हजार रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो ।

तर यो हप्ताको सुरुदेखि नै सुनको भाउ फेरि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेपछि नेपालमा पनि महँगो भएको महासंघले जनाएको छ ।

सुनको भाउ बढेपछि कारोबार निकै प्रभावित भएको सुन व्यापारीले बताएका छन् । भाउ बढेपछि बेच्ने धेरै भएका उनीहरुको भनाई छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया