Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बेइजिङ – चीनको राजधानी बेइजिङ नजिकैको याङ्चे नदीमा आएको बाढीका कारण ११२ व्यक्ति हराइरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
ती हराइरहेका व्यक्तिहरुको मृत्यु भएको पनि हुनसक्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ । भारी बर्षापछि याङ्चे नदीमा आएको बाढीको कारण करिब एक करोड ६० लाख व्यक्ति प्रभावित भएको बताइएको छ ।
चीनको नागरिक मामिला मन्त्रालयले सो जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार केही दिनयतादेखि जारी रहेको भारी वर्षा र त्यसका कारण आएको बाढीमा परी ११२ जना व्यक्ति मारिएका वा हराइरहेका छन् । बाढीको प्रकोप अझैपनि नघटेको र थप जनधनको क्षतिको आशङ्का गरिएको मौसम विज्ञानका अधिकारीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया