Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ । यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहमन्त्रालयले अनुरोध समेत गरेको छ ।
यसैबीच, गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिनुभयो ।
उहाँले ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भोलि (बुधबार)नै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुन सक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौँ ।”

तपाईको प्रतिक्रिया