शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक विवाह बन्धनमा बाधिएका छन् । त्रिलोकले एक अमेरिकी महिलासंग सोमबार नेपाली परम्परा अनुसार लगनगाठो कसेका हुन् । h7

केही दिन अघि स–परिवार अमेरिका उडेका हरिबंशले जेठा छोरा त्रिलोकको बिहे भएको भन्दै सोमबार राति शुभ विवाहका तस्बिरहरु आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका हुन् । निकै लामो समय देखि जोए लेवस्किीसित प्रेम सम्बन्धमा रहेका त्रिलोकको नेपाली परम्परा अनुसार नै विवाह गरेका हुन् । h2

विवाहमा कान्छा छोरा मोहित र पत्नी रमिला पाठक सहित बेहुली र बेहुला पक्षका व्यक्तिहरूको उपस्थिति देखिन्छ । त्रिलोकको विवाहमा गायक प्रेमराजा महतको समेत उपस्थित भएका थिए । यद्यपि मदनकृष्ण श्रेष्ठ चाँहि विवाह समारोहमा पुगेका थिएनन् ।

हरिबंशको जेठी श्रीमती मीरा तर्फका जेठा छोरा त्रिलोक लामो समय देखि अमेरिकामै बस्दै आएका छन् ।

कलाकार हरिवंशले आफ्नो फेसबुकमा अपलोड गरेका विवाह समारोहमा थप केही तस्विरहरु हेरौँ : h6 h5 h3 h9 h1 h4 h8

तपाईको प्रतिक्रिया