शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं –सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३७ कम्पनीको रु एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो ।

आज मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भयो । नेप्सेका अनुसार आज लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह चार अङ्कले बढेका छन् ।

सधैँ उकालो लाग्दै आएको बिमा समूह आज भने खुम्चिएको छ । सो समूहमा आज २२३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् ।
नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह सात अङ्कले घटेका छन् ।

सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने आज १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् ।

तपाईको प्रतिक्रिया