शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – मानव बसोबासको दुनियाँमा मुसा नपाइने ठाउँ कँहा होला र ? त्यसैले त्यस्ता सानातिना मुसाको कुनै गणना हुने कुरै भएन । तर जब मान्छे जत्रै आकारको मुसा भेटिन्छ पक्कै पनि त्यसमा भने आश्चर्य लाग्दछ ।

हो हालै मात्र बेलायतमा पनि यस्तै आश्चर्य भएको छ । पूर्वी लण्डनमा ग्यास स्टेसनका कामदार जेम्स ग्रिनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भिमकाय मुसा फेला परेको हो । मुसा चाहे जतिसुकै ठुलो नै किन नहोस् त्यसको कुनै काम छैन, त्यसैले उक्त मुसाको लास भेटेपछि त्यसलाई थान्को लगाउनै पर्‍यो । तर बडेमानको जिउ भएको उक्त मुसासँग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । mouse

त्यसैले उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासँगको आफ्नो फोटो खिचिदिन भने । यति ठुलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरुले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरूले राख्नु थियो र सोही बमोजिम गरे र उनले फोटो पनि खिच्न भ्याए ।

मुसा विज्ञहरुका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको मुसा हो । यो प्रजातिको मुसा मानिसले घरमा पाल्ने गर्दछन् । यो मुसाको लम्बाइ ४ फिट सम्म हुने बताइन्छ र यो निकै बुद्धिमान मुसा हो ।

तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । यसको सुँघ्ने क्षमता भने बढी हुन्छ ।

तपाईको प्रतिक्रिया