बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

मोरङ – मोरङमा स्थानीय प्रशासनले रमाइलो मेला सञ्चालनमा रोक लगाएको छ । मेलाका कारण विकृति र विसङ्गति बढेको ठहर गर्दै रमाइलो मेला सञ्चालनमा प्रहरीसँग समन्वय गरेर प्रशासनले पूर्णरुपमा रोक लगाएको हो ।

प्रशासनले तत्कालका लागि कुनै पनि स्थानमा रमाइलो मेला सञ्चालनको अनुमति दिने कामसमेत बन्द गरेको छ । मेलामा खेलाइने जुवाजन्य खेलले पैसाको हारमार हुने, झैझगडा हुने लगायतका विकृति निम्त्याउने तथा यसले प्रहरी र प्रशासनलाई समेत विवादमा तान्ने गरेका कारण पछिल्लो समय कडाइ थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले बताउनुभयो ।

मेलामा कानुनद्वारा वर्जित गरिएका घिर्नी राखेर खेलाइने खेल, लक्की सेभेन, लङ्गुरबुर्जासमेतका जुवा जन्य खेलहरु खेलाइने गरेको पाइएपछि मेलालाई नै बन्देज लगाइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया