बिहिबार, जेठ १८, २०८०
Thursday, June 1, 2023

एजेन्सी – तपाईँले पुलमा पैदल हिड्दा पक्राउ परेको सुन्नुभएको छ । यदि सुन्नुभएको छैन् भने तपाईँलाई अनौठो लाग्न सक्छ । भारतको राजस्थानस्थित धौलपुरमा यस्तै पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । pul

यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण पनि छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको हो । जुन नदीमा पुल छ त्यो नदी निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि रहेका छन् ।

पुल होँचो भएको र विगतमा धेरै मानिसहरूले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो । खतरनाक गोही भएको नदीमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना रहन्छ ।

तर्सथ मानिसहरूले नदीमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बिचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना रहेको हुनसक्छ ।

तपाईको प्रतिक्रिया